काठमाडौं,७ भदौ । नेपाली कांग्रेसका नेता डा.राजाराम कार्कीको निधनमा पार्टीले शोक प्रस्ताव पारित गरेको छ । पुर्व केन्द्रीय सदस्य डा.कार्कीको निधनपछि बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।
नेता कार्कीको सम्मानका लागि आज र भोलि २ दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।
साथै, भदौ ८ गते शुक्रबार केन्द्र र जिल्ला कार्यालयहरु बन्द हुने भएका छन् । र, १३औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
पशुपति आर्यघाटमा अन्तिम श्रद्धान्जली अर्पण गर्दै दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।