चुरियामाई बस दुर्घटना : मृत्यु भएका ७ जनाको पहिचान खुल्यो | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

चुरियामाई बस दुर्घटना : मृत्यु भएका ७ जनाको पहिचान खुल्यो

काठमाडौं,७ भदौ । बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सबै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित, भारतको राजस्थानका ७०वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी र ६५ वर्षीया मिरा देबी रहेको प्रहरीले जनाएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो । १९ जना घाइतेहरुको हेटौंडालगायतका अस्पतालहरुमा उपचार भइरहेको छ ।
काठमाडौंबाट महोत्तरीको लोहरपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।

२७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट करिब १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);