अविवाहित युवतीले जन्माएको शिशु प्रेमीसहित चिकित्सकले बेचेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

अविवाहित युवतीले जन्माएको शिशु प्रेमीसहित चिकित्सकले बेचेको खुलासा

काठमाडौं, ६ भदौ । अविवाहित युवतीले जन्माएको बच्चा चिकित्सक र बच्चाको बावुले बेचेको समाचार बाहिर आएको छ । यो घटना नेपालकै हो । विराटनगर–९ मा रहेको ग्रीनक्रस अस्पतालमा युवतीले जन्माएको बच्चा मोरङको कटाहरी गाउँपालिकामा भेटिएको थियो ।

अविवाहित दम्पतीबाट जन्मिएको शिशुलाई निसन्तान दम्पतीले खरिद गरेको अवस्थामा जिवितै फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.तपेश्वरलाल कर्णले शिशु बिक्रि गरेका हुन् । ५ लाख रुपैयाँमा शिशु किनबेच भएको हल्ला बाहिरिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

दिलमायाले आफ्नो छोरा र बुहारीको लागि शिशु खरिद विक्रि गरेको पाइएको छ । प्रहरीका अनुसार उनका छोरा सुर्यनारायण र बुहारी श्यामबत्तीको बिहे गरेको १० वर्षसम्म सन्तान नभएको भेटिएको छ । शिशुलाई लगेर विराट शिक्षण अस्पताल लगेर एक हप्तासम्म उपचार गराएको पनि बताइएको छ ।

सो घटनामा डा.तपेश्वर र बच्चाका पिता गोबिन्द शुक्रबार नै पक्राउ परेका थिए ।

Leave a Reply