काठमाडौं, ६ भदौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। मंगलबारदेखि शुरु भएको बैठक भोलिसम्म चल्नेछ । बैठक ललितपुरको बालकुमारीस्थित गार्डेन ब्यांक्वेटमा बिहान ८ बजेदेखि सुरु हुँदैछ ।
बैठकमा समसामयिक राजनीति, पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने बताइएको छ । बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै संगठनको पुनः गठन, पार्टीको भुमिकालाई सशक्त बनाउने विषयमा छलफल हुनेछ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नुहुनेछ ।