रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सिमितः मिन विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सिमितः मिन विश्वकर्मा

काठमाडौं । नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सिमित रहेको दाबी गर्नुभएको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहनुभएका नेता विश्वकर्माले नेपाली काँग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकीर समेत गर्नुभयो । समाजमा जन्मिएको पार्टी भएको हुनाले नेपाली काँग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उहाँको भनाई थियो । नेता विश्वकर्माले नेपाली काँग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजबाट जन्मिएका पार्टीहरु समाजमै छन् । सामाजिक सञ्जालबाट बनेका पार्टीहरु अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाई छ । यति फरक छ । हाम्रो पार्टी समाजमै छ । र, केही पार्टी सामाजिक सञ्जालमा छन् । यसलाई हामीले यसरी बुझेका छौं । हामीले के बुझेका छौं भने प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक जनतासँग काम गर्न जाने ? यसैका लागि हामीले के भन्यौं भने अव यो घिउजस्तै चिज बेच्ने कि वास्तविक घिऊनै बेच्ने भन्ने कुरा हो । घिउ जस्तै बेचेका साथीहरुसँग हामी वास्तविक घिउनै लिएर जनतामा जाने हो ।’

त्यस अवसरमा नेता विश्वकर्माले काँग्रेसलाई ‘घिउ’ र रास्वपालाई ‘घिउको वासना’ सँग तुलना समेत गर्नुभएको थियो । उहाँले जनताको बीचमा गएर काम गरेको हुनाले नै अहिले पनि काँग्रेस मुलुकको सबैभन्दा ठूलो दल बन्न सफल भएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);