स्वदेश फर्किनासाथ जेल चलान भए थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन | ईमाउण्टेन समाचार

Our Network

साउन ३ २०८१, बिहीबार

स्वदेश फर्किनासाथ जेल चलान भए थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन

सिन्ह्वा / नान । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा निर्वासनको १५ वर्षपछि स्वदेश फर्किनुभएको छ ।

मंगलवार उहाँ आफ्नो परिवारको साथमा एक निजी विमानमार्फत बैंकको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो । सो क्रममा उहाँले विमानस्थलमा आफ्ना समर्थकहरुसँग भेट गर्नुभएको थियो ।

थाक्सिन सन् २००१ देखि २००६ सम्म थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो । तर उहाँ २००८ देखि भने विदेशमा बस्दै आउनुभएको थियो । थाइल्याण्डको अदालतले उहाँलाई ८ वर्षको जेल सजाय तोकेको थियो । सिनावात्राले भने अदालतको फैसला राजनीति प्रेरित भएको बताउँदै आउनुभएको छ ।

उपप्रधानमन्त्री विसानु क्रे नगामले यसअघि नै थाक्सिनलाई कानूनी प्रक्रिया अघि बढाएर स्वदेश फर्किनसाथ जेल पठाइने बतउनुभएको थियो । सो कानूनी प्रक्रियाअनुसार उहाँलाई विमानस्थलबाटै पक्राउ गरी जेल पठाइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);