बिरोधका बीच परमाणु दुषित पानी समुन्द्रमा फाल्ने जापानको निर्णय | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

बिरोधका बीच परमाणु दुषित पानी समुन्द्रमा फाल्ने जापानको निर्णय

japan

एजेन्सी,५ भदौ । जापान सरकारले बिहीवारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न शुरु गर्ने भएको छ ।

मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी बिहीवारदेखि दुषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेको हो । सरकारको सो निर्णयको चौतर्फी बिरोध भइहँदा सरकारले भने दुषित पानी समुन्द्रमा फाल्ने मिति तय गरेको छ । समुन्द्री पर्यावरण र सार्वजनिक स्वास्थ्यमा प्रभाव पार्ने भन्दै छिमेकी अन्य प्रशान्त द्वीप देशहरुका साथै मत्स्य व्यवसायी र स्थानीयहरुले सरकारको निर्णयको बिरोध गरिरहेका छन् ।

जापानी सरकारले परमाणु दुषित पानी प्रशान्त महासागरमा फाल्ने निर्णय लिएपछि स्थानीयहरुले बिरोध जनाउँदै आन्दोलनसमेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);