काठमाडौं, ५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलिय बैठक जारी छ । पौडेलले शीतल निवासमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । पौडेलले बोलाएको सर्वदलिय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित छ ।
साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको एमालेले आज अवरोध नगर्ने भएको छ । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो ।
गत शुक्रबार पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा,प्रधानमन्त्री पुष्पकमल दाहाल,सभाभु्ख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग सोही विषयमा छलफल गरेका थिए ।