वीर अस्पतालको अप्रेसन गर्ने पालो कुर्नुपर्ने बाध्यता हट्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

वीर अस्पतालको अप्रेसन गर्ने पालो कुर्नुपर्ने बाध्यता हट्दै

bir hospital

काठमाडौं,४ भदौ । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन अस्पताल लागि परेको बताउनु भयो ।

उहाँले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थे्रटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरीरहेको र करारमा जनशक्ती थप्ने योजना रहेको बताउनु भयो । अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी बिस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो । समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका कार्र्यविधि निर्देशिका र अस्पतालले गर्र्नसक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ । डा.पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ती अभावका कारणले सेवा शुरु गर्न नसकेकिएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको बताउनु भयो । उहाँले आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई÷तीन जना बिरामीलाई सेवा दिनुपर्र्ने बाध्यता रहेको बताउनु भयो । आकस्मिक सेवामा गम्भिर बिरामी र सामान्य प्रकृृतिका बिरामीको प्राथमिकिकरण गर्न थालिएको भन्दै जति नै बिरामी थपिएपनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको बताउनु भयो । उहाँले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेको बताउनु भयो ।

डा.पौडेलले भन्नुभयो, ‘हाम्रो प्राथमिकता भनेको अप्रेसन सेवामा लामो समयसम्म पालो कुनुपर्ने बाध्यता छ, त्यसलाई बिस्तारै हटाउँदैछौं । हाम्रो क्षमतामा रहेका अप्रेसन थे्रटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौँ । अप्रेसन कोठाहरुलाई त सबै घण्टा चलायमान राख्नुप¥यो नि त । हरेक दिन हरेक सेवाको अप्रेसन सेवा सञ्चालन गर्नेगरी हामी अगाडी बढेका छौँ । त्यो चाहीँ फुल फङ्सनमा गइसकेको छैन । त्यसको पार्सियल्ली काम भइसक्यो । केही डिपार्टमेण्टहरु जस्तैः नाक, कान, घाँटीको हरेक दिन अप्रेसन शुरु गरीसक्यौँ । ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ती अभावका कारणले सेवा शुरु गर्न सकेका छैनौँ । बर्न सेन्टरको शुरुवात गर्र्न खोज्दैछौँ । त्यसको बारेमा पनि यथेष्ट काम अघि बढेका छन् । अघिल्लो आर्थिक वर्षमा बजेट पाउन सकेनौँ । र,अहिले यो वर्ष वर्न सेन्टर सञ्चालनको लागि बजेट पाएका छौँ । त्यहाँ चाहिने अत्यावश्यक औजार मेसिनहरु र भौतिक पुनःसंरचना गर्नुपर्नेछ । त्यसको लागि अहिले योजनामा छौँ । अप्रेसनको लागि पालो कुर्नुपर्ने समस्या लगायत सम्बोधन हुनेगरी बिस्तारित अस्पताल सेवा समिति बताएर मन्त्रालयले तय गरेका कार्र्यविधि निर्देशिका र अस्पतालले गर्र्न सक्ने कुरालाई लिएर डकुमेण्ट समितिबाट प्राप्त भएको छ । हामीले सबै ठाउँमा विस्तारीत अस्पताल सेवा लागू गर्दैनौँ । जुन जुन ठाउँमा वा विषयमा बिरामीको चाप छ । त्यो विषयको बिस्तारित अस्पताल सेवा सञ्चालन गर्ने र धेरैभन्दा धेरै नागरिकलाई सेवा दिने भन्ने उद्देश्यले सेवा शुरु गर्ने भन्ने सोचाईमा छौँ । अप्रेसन सेवालाई व्यवस्थित गर्न एउटा सेवा अवधि समय बढाउने, हरेक दिन हरेक विषयका अप्रेसन सञ्चालन गर्ने, जटील र यथाशिघ्र अप्रेसन गर्नुपर्ने बिरामीलाई थप प्राथमिकिकरण गरेर चाँडो पालोमा लैजाने भन्ने सोचमा छौँ ।’

उहाँले बिरामीलाई मध्यनजर गर्दै सेवा अवधि थप गरिएको भन्दै ओपिडी भएको स्थानमा काउन्टर स्थापना गरिएको बताउनु भयो । डा.पौडेलले ल्याब सेवा पनि बिहानदेखि नै सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताउनु भयो । यसअघि बिहान ९ बजेदेखि सेवा दिने गरेको वीरले हाल बिरामीको चापलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो । वीरमा नर्सिङ जनशक्ती थप भएपछि बन्द अवस्थामा रहेको ७० शैय्या सञ्चालनमा आएको छ । वीर अस्पतालले आकस्मिक सेवा निःशुल्क सञ्चालनका लागि बजेट पर्याप्त नहुँदा अफ्ठ्यारो भएको बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्देशक डा.पौडेलले नीति तथा कार्यक्रममा केन्द्रिय अस्पतालमा आकस्मिक सेवालाई निःशुल्क सेवा दिने भनेर भनिएपनि कार्यान्वयमा चुनौति सृजना भएको बताउनु भयो । उहाँले गरिव तथा विपन्न बिरामीलाई निःशुल्क औषधि सेवा दिन नसकेको बताउनु भयो । आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिव ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको तर सरकारले विभिन्न शिर्षकमा १ करोड १५ लाख रुपैयाँ मात्रै दिएको बताउनु भयो । आकस्मिक सेवातर्फ ५२ शैय्या सञ्चालनमा छ ।

आकस्मिक सेवा निःशुल्क गराउन सरकारले तीन करोड बजेट विनियोजन गरेपनि त्यो पर्याप्त नहुने बताउनु भयो । उहाँले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाट आकस्मिक सेवा निःशुल्क गराउन निर्देशन प्राप्त गरेको र बजेट अपुग भए शोध भर्ना हुने आश्वासन पाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले हामीलाई आकस्मिक सेवा सञ्चालन गर्न वीर अस्पतालमा साँच्चिकै समस्या छ । हुन त हामीले धेरै सेवा निःशुल्क दिइरहेका छौँ । औषधि खरिदमा निःशुल्क सेवा दिन सकिरहेका छैनौँ । आकस्मिक सेवामा प्रयोग हुने औषधिलाई पनि छुट दिन सकियो भने राहत पक्कै हुन्थ्यो । अघिल्लो वर्ष करिव ८ करोड २० लाख रुपैयाँको छुट ग¥यौं । तर, सरकारले हामीलाई विभिन्न शिर्षकमा १ करोड १५ लाख रुपैयाँ थियो । भनेपछि त हामीले निःशुल्क उपचारमा आठ गुणा बढी खर्च गरेछौँ । आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउन बजेट पुगेन भनेर बजेटमा तीन करोड पु¥याउनुभएको छ । त्यो पनि पर्याप्त होइन । हामी अझै लविङ गर्दैछौँ । मन्त्रीज्युले के भन्नुभएको छ भने, निःशुल्क शैय्यासँगसँगै निःशुल्क उपचार त गरिबलाई गर्नुप¥यो, त्यसमा शोध भर्र्ना हुन्छ, काम गर्दै जानुस् भन्नुभएको छ । त्यो हिसावले थप बजेट आउला भन्ने आशा गरेका छौँ । अप्रेसनका लागि करार सेवामा जनशक्ती थप्ने योजना छ । भिआईपी, भिभिआईपी सेवा अस्पतालले लामो समयदेखि दिँदै आएको छ । मन्त्रीज्युको धारणा के छ भने राज्यको खर्च हुन्छ भने निजीमा होइन वीर अस्पतालमा नै उपचारका लागि जानुपर्छ भन्ने रहेको छ । अहिले हामीले तीन वटा कक्ष बढायौँ । जम्मा पाँच वटा क्याविन पुग्यो । दुई वटा भिभिआईपीको लागि र तीन वटा भिआईपीको लागि । एक जना आम पब्लीकले जस्तो सेवा पाउनुहुन्छ, भिआईपी, भिभिआईपीले । स्वास्थ्य सेवामा सानो, ठूलो, धनी, गरिब भनेर विभेद हुँदैन । केही सुविधा मात्रै थपेको छ । मिटिङ गर्नलाई एउटा कोठा, परिवारको लागि सँगै बसेर खाजाखाने छुट्टै कोठा, आकस्मिक उपचारका लागि चाहिने उपकरण व्याकअपमा हुन्छन् ।’

अस्पतालले आधारभुत स्वास्थ्य सेवादेखि विशिष्टीकृत स्वास्थ्य सेवा एउटै छानामुनि प्रदान गर्दै आएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);