आफ्नै शिक्षकविरुद्ध उत्रिए विद्यार्थी,दुव्र्यवहार गरेको आरोप | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २६ २०८१, सोमबार

आफ्नै शिक्षकविरुद्ध उत्रिए विद्यार्थी,दुव्र्यवहार गरेको आरोप

कञ्चनपुर, ४ भदौँ । कञ्चनपुरको भीमदत्त नगरमा एक शिक्षकले विद्यार्थीमाथि दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन । भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र जोशीले छात्रामाथि दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन । आइतबार विद्यार्थीले शिक्षकमाथि कार्बाहीको माग अघि सारेर विद्यालयमा बिरोध प्रर्दशन गरेका छन ।

३१ साउनमा शिक्षक जोशीले एक छात्रा विद्यार्थीमाथि दुव्र्यवहार गरेको भन्दै विद्यार्थीले बिरोध प्रर्दशन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका हुन । विद्यार्थीले शिक्षक सहित कार्यकक्षमाथि ढुङगामुढा प्रहार गरेका छन । आन्दोलनका कारण आइतबारको पठनपाठन समेत प्रभावित भएको छ । शिक्षक(गुरु) बिरुद्धमा विद्यार्थी नै आन्दोलनमा उत्रिएपछि घटना ठुलै भएको थप आशंका गरिएको छ ।

विद्यालयले छात्रामाथि दुव्र्यवहार नगरेको जनाएको छ । सिद्धनाथ माध्यामिक विद्यालयका प्रद्यानाध्यापक कृष्ण सिह बोहराले ३२ साउनमा शिक्षकको छात्रासंग कुम ठोकिएको बताए । विद्यार्थी माथिल्लो तलाबाट तल र शिक्षक तलबाट माथि आउनेक्रममा भिडभाँड हुँदा एक आपासमा कुम मात्रै ठोकिएको बताए ।

शिक्षक कर्मचारीले पढाउने गुरुबाट यस्तो कुदृष्ट्रि दुव्र्यवहार नभएको दावि गरिएको छ । यद्यपी अब घटना प्रहरीको पोल्टामा पुगेको छ ।

कञ्चनपुर प्रहरीले शिक्षक जोशी बिरुद्ध आन्दोलन भएपछि पक्राउ गरेको छ । प्रहरी विद्यालयमै गएर शिक्षक जोशीलाई पक्राउ गरेर जिप्रका ल्याएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकास डाँगीले घटनाबारे अनुसन्धान भईरहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);