प्रधानन्यायाधीशमा श्रेष्ठको सिफारिस गैरकानुनी भन्दै उजुरी | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

प्रधानन्यायाधीशमा श्रेष्ठको सिफारिस गैरकानुनी भन्दै उजुरी

काठमाडौँ, ३ भदौ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिसविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

प्रधानन्यायाधीश सिफारिस गैरकानुनी रहेको भन्दै उक्त सिफारिस संवैधानिक परिषद्मै फिर्ता पठाउन उजुरीमा माग गरिएको छ ।

एस के तिमिल्सिनाको नामबाट साउन ३० गते संसदीय सुनुवाइ समितिमा गरिएको उजुरीमा संवैधानिक परिषद् सम्बन्धी ऐनका केही दफा अध्यादेशबाट हटाइएको र उक्त अध्यादेश संसदबाट पारित हुन नसकेको कारण हाल कानुनी रिक्तता रहेको उल्लेख गरिएको छ ।

Leave a Reply