प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठको सुनुवाइ आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठको सुनुवाइ आज हुँदै

काठमाडौं,४ भदौ । संबैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेको विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई आज हुँदैछ । संसदीय सुनुवाई समितिले आज श्रेष्ठविरुद्ध परेका उजुरीकर्तासँग छलफल गर्ने र लगत्तै श्रेष्ठसँग पनि छलफल गर्न लागेको हो ।

उजुरी कर्ताहरुसँग आज बिहान १० बजे र श्रेष्ठसँग साढे ११ बजे छलफल गर्ने समितिले समय तय गरेको छ । श्रेष्ठको सिफारिसविरुद्ध २ वटा इमेलबाट र पत्रबाट एउटा उजुरी परेको छ । तर इमेलबाट उजुरी दिएका व्यक्ति सम्पर्कमा नआएकोले एकजना सँग मात्र छलफल गर्ने तयारी छ ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

हरिकृष्ण कार्की उमेरहदका कारण गत साउन २० गते नै प्रधानन्यायाधीशबाट अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तीका लागि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाई प्रक्रिया सुरु भएको हो । संसदीय सुनुवाई समितिबाट उहाँको नाम अनुमोदन भए राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);