‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’को उपाधि राई र कार्कीले पाए | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’को उपाधि राई र कार्कीले पाए

काठमाडौँ, ३ भदौ । अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रीतम राईले जितेका छन् । इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा ललितपुरको गोदावरीमा शनिबार आयोजित कार्यक्रममा राईलाई विजेता घोषणा गरिएको हो । राईले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

यसैगरी प्रतियोगितामा साईरान खाती फोर्थ रनअप, परेश राई थर्ड रनरअप, सरद हुमागाइँ सेकेण्ड रनरअप र शिशिर थताल, फस्ट रनरअप भए । उनीहरुले पनि नगद पुरस्कार पाएका छन् । त्यस्तै, ‘मेरो डान्स युनिभर्स’को उपाधि थाइल्यान्ड बस्दै आएकी खुसी कार्कीले पाएकी छिन् । उनले पजि नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर पाएकी छिन् ।

शनिबार ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए। यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो । फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);