भारतले पीएम इबस सेवाका लागि ५७६ अर्ब भारु छुट्यायो | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

भारतले पीएम इबस सेवाका लागि ५७६ अर्ब भारु छुट्यायो

सिन्ह्वा / नान । भारत सरकारले पीएम इबस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले पीएम इबस सेवा नामक दिगो शहरी विकासका लागि विद्युतीय बस सञ्चालन गर्न अनुमति दिएको हो । योजनाका लागि ५७६ अर्ब भारु (करिव ६.९ बिलियन अमेरिकी डलर) स्वीकृत भएको छ ।

यस योजनाअन्तर्गत १६९ शहरमा विद्युतीय बस सञ्चालनका लागि प्रोत्साहन गरिनेछ । भारतीय खेलकुद, युवा मामिला र सूचना प्रशारणमन्त्री अनुराग ठाकुरले लगभग १० हजार नयाँ विद्युतीय बसहरु खरिद गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको बताउनु भयो ।

उहाँले यो सेवा केन्द्र शासित प्रदेश, उत्तरपूर्वी राज्यहरु र पहाडी क्षेत्रहरुको राजधानीका ३ लाख बढी जनसंख्या भएका शहरहरुमा सञ्चालन हुनेछ । यस योजनाअन्तर्गत १८१ शहरमा चार्जिङ स्टेशनसँगै १० वर्षको अवधिका लागि विद्युतीय बस सञ्चालन हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);