विश्वमै टप टेनमा पर्ने नेपाली कफीको उत्पादन बढाउन सरकार उदासिन | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

विश्वमै टप टेनमा पर्ने नेपाली कफीको उत्पादन बढाउन सरकार उदासिन

माउण्टेन टिभी एचडि / विद्या तामाङ । नेपालको कफी विश्व बजारमा गुणस्तरमा १०आँै नम्बरमा पर्दछ । यसबाट अन्तराष्ट्रिय बजारमा माग उच्च छ । तर, पनि आपूर्ति गर्न सक्ने अवस्था छैन् । नेपालको आर्थिक क्षेत्रको मेरुदण्ड बन्न सक्ने कफी प्राथमिकतामा नपर्दा संभावनाहरु भने पाखा लागेका छन् ।

नेपालमा उत्पादन हुने अरबिका कफीको विश्व बजारमा उच्चमाग छ । पछिल्लो समय नेपालमा पनि कफीको पारखीहरु बढेका छन् । कफिको वार्षिक आन्तरिक माग नै २ हजार मेट्रिक टन छ । तर वार्षिक रुपमा ३ सय ५५ मेट्रिक मात्रै कफीको उत्पादन भइरहेको छ । त्यसमा एकसय मेट्रिक टन निर्यात हुने गरेको छ । नेपालमा आन्तरिक माग धान्न नै ७० प्रतिशत कफि आयात गर्नु परिरहेको छ ।

प्रचुर संभावना भएपनि कफीको उत्पादन बढाउन सरकार उदासिन छ । देशको कुल ग्राहस्थ उत्पादनमा नेपालको कफी ८ देखि १० प्रतिशत योगदान दिने भएपनि भुमि , अनुदान बिमा , लगानी लगायतको समस्याले किसानलाई गिजोलिरहेको छ ।

च्याम्पियन बरिस्ता नेपालको कफीको अमेरिका जापान स्वीजरल्याण्ड कोरिया ताइवान अष्ट्रेलिया लगायतका देशमा उच्च माग छ । ३२ सय किसान कफी खेतीमा आबद्ध छन् । उत्पादन पर्याप्त हुन नसक्दा आन्तरिक र बाह्य माग धान्न सकिएको छैन । नगदे बालीको प्रमुख स्रोतको रुपमा रहेको कफीबाट रोजगारीको अवसर, विदेशी मुद्रा आर्जन, राजस्व वृद्धी जस्ता थुप्रै अवसर छन तर ती सबै संभावना त्यतिकै कागजमा मात्रै सिमित छन । यसमा सरकारले अहम भुमिका खेल्नुपर्नेमा सरोकारवालाहरुको जोड छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);