फेरीएन कञ्चनपुरका राउटेहरुको अवस्था, भत्ताको पैसाले बालबच्चा हुर्काउनै मुस्कील | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

फेरीएन कञ्चनपुरका राउटेहरुको अवस्था, भत्ताको पैसाले बालबच्चा हुर्काउनै मुस्कील

पुष्कर भट्ट
कञ्चनपुर । पछिल्लो तिन दशक यता देशमा आमुल परिवर्तन भयो । पंञ्चायतकाल यता पटक पटक व्यवस्था फेरीयो थुप्रै सरकार फेरीए तर कञ्चनपुर को भिमदत्त नगर –९ को मटैना र खल्ला मछेटीमा बसोबास गर्ने राउटे समुदायको अवस्था भने अहिले पनि फेरीएको छैन ।

दुई दशक पहिले डडेल्धुरा जिल्लाको भित्री मधेसका जङ्गल क्षेत्रमा बसोबास गर्ने राउटे समुदाय जङ्गलको कन्दमूल, गिठ्ठा, तरुलका भरमा जीवनयापन गर्दै आएका थिए । सरकारले वनजङ्गललाई सामुदायिक वन बनाउन शुरुगरे पछि यो समुदाय डडेल्धुरा संगै जोडिएको जिल्ला कञ्चनपुरको चुरे पहाडका नजिक गाउमा बसोवास गर्न थाले । राउटे समुदाय कञ्चनपुर को भिमदत्त नगर –९ को मटैना र खल्ला मछेटीमा अन्य समु्दाय संगै बसोबास गर्दै आएपनी उनीहरुको जिवन स्तरमा भनै खासै परिवर्तन भएको पाईदैन । पुर्खौ देखी वन जंगलमा फल्ने तरुल, गिठा, भ्याकुर लगायत खाद्य अन्न, फलफुलका साथै जंगली जनावरको शिकार गरेर जिविका गरीरहेका राउटेहरु अहिले पनी वन जंगलमै जान र उतै बस्न रुचाउछन ।

बस्नका लागी अघिल्ला सरकारले स्थानीय पुर्वाधार विकास अन्र्तगत आवास निर्माण गरिदएको भएपनी ति घरहरु पुर्णरुपमा निर्माण सम्पन्न नहुँदा अझैपनी बासको समस्या उस्तै रहेको भन्दै सरकारले बनाई दिएका घरमा न त झ्याल ढोका छन न त फर्स पलाष्टर नै गरिरिएको छ, त्यस्तै घरमा साना बाल बच्चा लाई जंगली जनावर र सर्प लगायत किराहरुको आक्रमणबाट बचाउने चिन्ता बढ्ने बविता रावत बताउछिन् ।

राज्यले लोपोन्मुख जाती मा सुचिकृत गर्दै प्रति व्यक्ती मासिक ४ हजार भत्ता दिने गरेपनी भत्ताको पैसाले घरखर्च चलाउन र बालबालिका हुर्काउन धौ धौ परेको भन्दै सरकारले थप गरीखान जग्गा जमिनको व्यवस्था गरीदिए केहि हद सम्म आफुहरुलाई राहत हुने राउटे समुदायकी कमला देवी रावत बताउछिन । उहाँले अहिले पनी खाना अभावमा तरुल, गिठा, भ्याकुर लगायतका जंगली खानेकुरा खान बाध्यहुने गरेको बताएकी छन् ।

समाजमा बसोवास थालेसँगै विभिन्न आयमूलक कार्य गर्न र मजदूरीमा लाग्न स्थानीयवासीले प्रेरीत गर्दै आएपनी सरकारले राउटेलाई केही सीप र काम दिएको भए केही हद सम्म आर्थिक समस्या टर्ने थियो , तर अधिकांश राउटे समुदायका महिला तथा पुरुषहरुमा अशिक्षा र शिप नहुँदा ज्याला मजदुरीको कामपनि मुस्कीलैले पाईने भएकाले हातमुख जोर्न समस्या भएको छ ।

जंगलमै बस्ने राउटेहरुले पहिले देखिनै जंगबाट काठ संकलन गरी काठकै हस्तकलाका बस्तुहरु बनाएर केहि आर्थिक समस्या टाल्ने गरेको भएपनी पछिल्लो समय बस्ती छेउछाउका वन सामुदायिक वनमा रुपान्तरण भएपछि काठको भाँडाकुडा बनाउन बाट समेत वन्चित भएका छन् ।

सामाजिक सुरक्षा भत्ताले घरखर्च चलाइरहेका यहाँका राउटे समुदायका लागि केही समयअघि सांसद विकास कोषको रकमबाट भीमदत्तनगरपालिका–९ मटेनामा दुई कोठे पक्की घर निर्माण त निर्माण भएका छन् अहिले सम्म ति घरहरुमा झयाल । ढोका भने हालिएका छैन्न ।

लोपोन्मुख जाति को समुहमा पर्ने राउटे जातिका लागी वडामा बजेट नआउने सरकारले केन्द्रवाट नै बजेट दिने र स्थानीय सरकारले उनीहरुलाई समय समयमा संघ संस्था मार्फत आयमूलक कामका लागि सीपमूलक तालीम दिने गरेको भएपनी अझै सो समुदायमा चेतनाको खासै विकास नभएको र केही वर्ष विद्यालय गएका हरुले समेत अहिले जंगलतिरै जाने, शिकारगर्ने र भारत तिर मजदुरी गर्न जाने गरेकाले उनीहरुलाई अहिलेको परिवेसमा ल्याउन असहज भएको कञ्चनपुरको भिमदत्त नगरपालिका –९ का वडा अध्यक्ष गगन सिंह कार्कीले बताएका छन् ।

कुनै बेला डडेल्धुरा जिल्लाको भित्री मधेस आमपानी बाट कञ्चनपुर झरेका राउटे समुदायको उल्लेख्य जनसङ्ख्या भएपनि अहिले भने ६ ओटा राउटे परिवारका करिव २० जनाको संख्यामा मात्रै वसोवास गर्ने गर्दछन् ।

सरकारले देशभर रहेका लोपोन्मुख जातीमा सुचिकृत राउटेहरुलाई बचाउन बासस्थानको व्यवस्था र जिवनस्तर उकास्न सामान्य मासिक भत्ता मात्र नभई उनिहरुको चेतना विकास र उनिहरुलाई स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन जरुरी देखीन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);