आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा बढायो | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा बढायो

काठमाडौं, १ भदौ । आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा शतर्कता बढाएको छ । स्वीडिस सुरक्षा सेवा (एसएपीओ) ले बिहीवार आतंकवादीहरुको खतरा बढ्दै गएको भन्दै थप शतर्कता बढाएको बताएको हो ।

स्वीडिस सुरक्षा सेवाका महानिर्देशक चार्लोट भोन एसेनले इस्लामवादीहरुले थप हिंसात्मक गतिविधि बढाएकाले सुरक्षा व्यवस्था कडा बनाइएको बताउनु भयो ।

यो खतरा लामो समयसम्म रहने स्वीडेनले बताएको छ । स्वीडेन र डेनमार्क दुवै देशको राजधानीमा केही आतंकवादीहरुले कुरान जलाएपछि विश्वका मुस्लिम देशहरुले त्यसको आलोचना गर्दै आएका छन् ।

सोही विषयलाई लिएर स्वीडेनमा सुरक्षा चुनौति बढेको हो । स्वीडेनले यसअघि पनि १८ नोभेम्बर सन् २०१५ देखि २ मार्च सन् २०१६ सम्म सुरक्षा शतर्कता बढाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);