खानी खोजी गर्न ४३२ कम्पनीले पाए अनुमति पत्र | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८१, शनिबार

खानी खोजी गर्न ४३२ कम्पनीले पाए अनुमति पत्र

khani or vugarba bivag

काठमाडौं, ३२ साउन । खानी तथा भूगर्भ विभाग लैनचौरले चार सय ३२ कम्पनीलाई खोजतलास गर्न अनुमति दिएको छ । मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि ती कम्पनीलाई अनुमति पत्र प्रदान गरेको हो ।

विभागले वि.सं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको छ । नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि सम्भावित खानीको खोजतलास गर्ने विभागले विश्वास लिएको छ ।

फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागले अनुमति पत्र प्रदान गरेको जनाएको छ ।

गत वर्षसम्म तीन सय ७४ कम्पनीलाई खानी खोजतलासका लागि अनुमति पत्र प्रदान गरिर्द आएपनि यस वर्ष भने थप ५८ कम्पनीलाई विभागले अनुमति दिएको हो ।

अनुमति दिएकामा सबैभन्दा धेरै चुनढुङ्गा र तामा छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);