नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्छ, कार्यक्रम गरेर मात्र हुँदैन्ः डा. सिके राउत | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८१, आइतबार

नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्छ, कार्यक्रम गरेर मात्र हुँदैन्ः डा. सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्ने बताउनुभएको छ ।

बुधवार नेपाल—भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध व्यापारीक र कर्मचारी तहमा मात्रै नभई दुई देशका जनताहरु एक अर्कासँग नजिक भएपछि मात्रै सुमधुर बन्ने बताउनुभएको हो ।

उहाँले दुई देशको मैत्रीपूर्ण सम्बन्ध व्यापारीक र कर्मचारीस्तरको मात्रै रहेर नहुने भन्दै सीमा क्षेत्रको समस्या सुधार अहिलेको आवश्यकता रहेको औंल्याउनु भयो । राउतले कार्यक्रमहरु मात्रै गरेर सम्बन्ध सुधार नहुने भन्दै प्राविधिक विषयहरुको पनि हल खोज्नुपर्ने बताउनु भयो ।

उहाँले भारत–नेपालको मैत्रीपूर्ण सम्बन्धको लागि सन् २०१२ मा दिल्लीको जन्तरमन्तरमा अनसन बसेको बताउनु भयो । उहाँले सो समयमा प्रधानमन्त्री नरेन्द्र मोदीलार्ई १३ बुँदे ज्ञापनपत्र समेत बुझाएको स्मरण गर्दै सीमा क्षेत्रको समस्या हल गर्नुपर्ने आवश्यता रहेको औंल्याउनु भयो ।

राउतले भन्नुभयो,‘ म आफैँपनि सन् २०१२ मा दिल्लीको जन्तरमन्तरमा पुगेर दुई देशको मैत्रीपूर्ण सम्बन्धको लागि अनसन बसेको मान्छे हुँ । त्यतीबेला हाम्रो कुनै पार्टी थिएन । म भर्खरै अमेरीकाबाट आएको थियो । र, मेरो बिबाह चाहीँ भारतमै भएको हो । जुन सीमा क्षेत्रमा मैले समस्याहरु पाएँ । अलिकति आश्चार्यचकित भएँ । अमेरीका, बेलायत जाँदाखेरी यस्तो समस्या हुँदैन । हजारौं हजार वर्षदेखि दुई देशबीच रहेको सम्बन्धमा खुला सीमाना हुँदाखेरी हामी जाँदा समस्या हुने हो भनेर अलिकति आश्चार्यचकित भएँ । मैले त्यो कुरालाई ध्यानाकर्षण गराउन दिल्लीको जन्तरमन्तरमा दुई देशको सम्बन्धको लागि अनसन बसेको हुँ । मैले त्यतिबेला प्रधानमन्त्री नरेन्द्र मोदी ज्युलाई १३ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको थिएँ । दुई देशको मैत्रीपूर्ण सम्बन्ध केवल व्यापारीक रुपमा मात्रै रहेर पनि हुँदैन, केबल कर्मचारीको स्तरमा रहेर मात्रैपनि हुँदैन । जतिबेला दुई देशका जनताहरु एक अर्कासँग नजिक रहन सक्छन् । अनि मात्रै दुई देशको सम्बन्ध सुमधुुर हुन्छ । हामीले कार्यक्रमहरु मात्रै गरेर सम्बन्ध सुधार गर्न सक्दैनौं । प्राविधिक कुराहरु के के सुधार गर्न आवश्यक छ ? त्यो पनि हेर्नुपर्ने हुन्छ । सीमा क्षेत्रको समस्या सुधार गर्न आवश्यक छ ।’

राउतले भारतीय स्वतन्त्रता आन्दोलन शान्तिपूर्ण रुपमा भएको भन्दै यो आन्दोलनले विश्वमै लोकतन्त्रको सन्देश दिएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);