रुसको केन्द्रिय बैंकले ब्याजदर १२ प्रतिशत पुर्यायो | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

रुसको केन्द्रिय बैंकले ब्याजदर १२ प्रतिशत पुर्यायो

सिन्ह्वा । रुसको केन्द्रिय बैंकले ब्याजदर ३५० आधार बिन्दुले बढाएर १२ प्रतिशत पु¥याउने निर्णय गरेको छ ।

मंगलवार केन्द्रिय बैंकले बैंकको ब्याजदर १२ प्रतिशत पु¥याउने निर्णय गरेको हो । आकस्मिक बैठक बोलाएको केन्द्रिय बैंकले मुद्रास्फितिको दबाबका कारण मूल्य स्थिरता जोखिम सिमित गर्ने उद्देश्यले यो निर्णय गरिएको बताएको छ ।

रुसमा अगस्ट ७ सम्म वार्षिक मुद्रास्फितिदर बढेर ४.४ प्रतिशत पुगेको छ भने हाल मूल्य वृद्धिदर निरन्तर बढीरहेको बैंकले जनाएको छ । बैंकका अनुसार आन्तरिक मागमा भएको स्थिर वृद्धिले उत्पादन बिस्तार गर्ने क्षमतालाई कमजोर बनाएको छ भने मुद्रास्फितिको दबाब बढेको छ ।

साथै आयातको उच्च मागमार्फत मुद्राका विनिमय दरको गतिशिलतालाई प्रभाव पारेको छ । बैंकको हालको निर्णयले सन् २०२४ मा मुद्रास्फितिलाई ४ प्रतिशतमा पु¥याउने अपेक्षा छ । अमेरिकाको तुलनामा रसियन मुद्रा १०१ ले कम छ । सोमवार र मंगलवार रुबल ९८ कायम थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);