काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ् बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आज रास्वपाको पार्टी कार्यालय वनस्थलीमा भेटवार्ता भएको हो ।
प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्यद्वय लिमा अधिकारी र प्रतिभा रावल लगायतको सहभागिता रहेको सो भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको बताइएको छ ।
मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको सो अवसरमा महामहिम सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सोको यथासशीघ्र समाधानका पहल गरिने बताएका थिए ।
भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराएको रास्वपाले जनाएको छ ।