‘संघीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेस हुन्छः उपप्रधानमन्त्री खड्का | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

‘संघीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेस हुन्छः उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकाले संघीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेस गर्ने बताउनुभएको छ ।

उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायतका ऐनहरुको निर्माण कार्यलाई पनि सरकारले प्राथमिकता साथ अघि बढाएको दाबी गर्नुभयो । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको अर्थतन्त्रको सीमाभित्र रहेर कर्मचारीको माग सम्बोधन हुनेगरी सो ऐन ल्याउने आश्वासन समेत दिनुभयो ।

उहाँले मुलुकको अर्थतन्त्रको सीमालाई ध्यानमा राखेर आफ्नो मागहरु राख्न कर्मचारीहरुलाई पनि पटकपटक सचेत गराउनु भयो । उपप्रधानमन्त्री खड्काले मुलुकमा विद्यमान समस्याहरु सरकार र सम्बन्धित पक्षको साझा समस्या भएकाले समाधानका लागि पनि दुवै पक्षबीच साझा पहल हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

उपप्रधानमन्त्री खड्काले मुलुकका अर्थतन्त्रले दिने अनुमतिको आधारमा कर्मचारीहरुलाई सेवा, सुविधा बढाउने कुरामा सरकारले कुनैपनि खालको कन्जुस्याई नगर्ने बताउनु भयो । मुलुकको अर्थतन्त्र ओरालो लागेका बेला कर्मचारीहरुले पनि आफ्नो माग सरकार समक्ष थुपार्न नमिल्ने उहाँको भनाई थियो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);