नरी बडु, १८ बैशाख बैतडी ।
बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मिति सरेसंगै वैतडी लगायत सुदूरपश्चिमका युवाहरु धमाधम भारत जान थालेका छन् । भारतबाट निर्वाचनमा सहभागी हुन स्वदेश फर्किएका युवाहरु चुनाव दोश्रो चरणमा हुनेभएपछि फेरी रोजगारीकै सिलसिलामा भारत फर्किन थालेका हुन् । अहिले बैतडीको जुलाघाट र जिल्लाको तल्लोस्वराड क्षेत्रका साथै जिल्लाका अन्य घाटहरुबाट दैनिक १ सय ५० देखि २ सय जना सम्म युवाहरु भारत गईरहेको जुलाघाट प्रहरी चौकीले जनाएको छ । २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले हर्षित युवाहरु धमाधम भारततिर पलायन भएको देख्दा आफुहरुलाई समेत दुख लाग्ने गरेको स्थानीयको गुनासो छ ।