दाङ पुगेर महराले भने– सुन तस्करी प्रकरणमा सरकारलाई सघाउन तयार छु | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

दाङ पुगेर महराले भने– सुन तस्करी प्रकरणमा सरकारलाई सघाउन तयार छु

krishana mahara

काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि सरकारलाई सघाउन तयार रहेको बताउनुभएको छ ।

मंगलबार दाङको घोराहीमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएपछि यो विषय छिटो टुंगोमा पुगोस् भन्ने पक्षमा आफू रहेको जिकिर गर्नुभयो । अनुसन्धानका लागि आफूलाई बोलाउन आग्रह गरेको भन्दै उहाँले सरकारले बोलाए जुनसुकै बेला उपस्थित हुन तयार रहेको बताउनुभयो ।

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रूपमा मात्र चिनेको महराको भनाइ थियो । आरोपित चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि भन्सारका अधिकारीहरुसँग कुरा गरेको महराले दाबी गर्नुभयो ।

भेपमा राखेर सुन तस्करी प्रकरणको अनुसन्धानपछि सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महरा र उहाँका छोरा राहुलको नाम उल्लेख गरे पनि उनीहरुलाई प्रतिवादी बनाइएको छैन । प्रहरीले महरा र उहाँका छोराको नाम उल्लेख गर्दा पनि सरकारले अनुसन्धान गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);