एक साताको हक्की सोलिडारिटी कार्यक्रम शुरु | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

एक साताको हक्की सोलिडारिटी कार्यक्रम शुरु

काठमाडौं । नेपाल हक्की संघको आयोजना तथा एशिया हक्कीको प्राविधिक सहयोगमा मंगलवारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम शुरु भएको छ ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने कार्यक्रममा एशिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेण्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनुहुनेछ । कार्यक्रममा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरेर कुल ३० को सहभागिता रहेको छ ।

कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ । यस्तै इभेन्ट्स म्यानेजमेण्टबारे पनि प्रशिक्षण दिइनेछ । प्रशिक्षकका भुमिकामा रहेका अली पाकिस्तानका पूर्व अन्तर्राष्ट्रिय खेलाडी हुनुहुन्छ । प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विशेष कार्यक्रमबीच उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले यस प्रशिक्षणबाट उत्पादन हुने जनशक्तिले नेपालमा हक्की खेलको पुनःउत्थान हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);