श्रीलङ्का टापुलाई सप्तकोशीको त्रास, ५ सय घरपरिवार बाढीको उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

श्रीलङ्का टापुलाई सप्तकोशीको त्रास, ५ सय घरपरिवार बाढीको उच्च जोखिममा

सुनसरी । सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको श्रीलङ्का टापुमा तीव्र रूपमा कटान गरिरहेको छ ।

पूर्वी पहाडी जिल्लाहरूमा लगातार पानी परेपछि कोसीमा आएको बाढीले सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ मा पर्ने टापुमा कटान सुरु गरेको हो । कटान भएसँगै श्रीलङ्का टापुका एक दर्जन घर सार्न सुरु गरिएको छ । टापुमा असारदेखि नै कोशीले सामान्य कटान गर्दै आएको थियो ।

बाढीसँगै कटान तीव्र हुँदै गएको छ । अहिले १ किलो मिटर भन्दा बढी कटान भइसकेको स्थानीयले बताएका छन् । आइतबार रातिदेखि सप्तकोसी नदीमा आएको बाढीले पश्चिमतर्फको भूभाग कटान गर्दा श्रीलङ्का टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेका छन् । सोमवार कोसी कटान क्षेत्र श्रीलङ्का टापुका स्थानीय बासीहरूसँग प्रकोपको पूर्व तयारी बारे वराहक्षेत्र नगरपालिकाले छलफल गरेको थियो । वराहक्षेत्र नगर प्रमुख रमेश कार्की सहित सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत जिल्लाका ३ वटै सुरक्षा निकायका प्रमुखसहित टापु पुगेका थिए ।

नगर प्रमुख कार्कीले कोसी कटानलाई नियन्त्रण गर्न तत्काल जिल्ला प्रशासन र गृह मन्त्रालय मार्फत बिहार सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्नु भएको छ । प्रदेश सरकार , सङ्घीय सरकारमार्फत नगरपालिकाले पनि कटान नियन्त्रणका लागि काम तत्काल थाल्ने र सरकारका सम्पूर्ण निकायहरू कोसी कटान नियन्त्रणमा लाग्नु पर्ने नगर प्रमुख कार्कीको भनाइ छ ।

सप्तकोसी कटानका कारण सुनसरीको वराहक्षेत्र नगरपालिका, कोसी उदयपुरको बेलका नगरपालिका र सप्तरीको कंकालिनी हनुमान नगर नगरपालिका, कोलारी तिलाठी र छिन्नमस्ता नगरपालिकामा पर्ने दर्जनौँ बस्तीहरू जोखिममा रहेका छन् । पानीको बहाव बढेपछि ब्यारेजको ५६ वटै ढोका खोलिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);