काठमाडौं, ३० साउन । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले मंसिरमा दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३ आयोजना गर्ने भएको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले यस्तो जानकारी दिएको हो । महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०८० मंसिर ५ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी गर्न लागेको छ । महासंघले सामाजिक रुपमान्तरका लागि चेतना,चेतनाका लागि गुणस्तरी शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता भन्ने नारासहित अन्तर्राष्ट्रिय मेलाको गर्ने लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव शिवसागर शर्माले कोभिड महामारीको प्रभाव र आर्थिक मन्दीका कारण केही वर्ष मेलालाई निरन्तरता दिन नसकेको भन्दै यस वर्षदेखि निरन्तरता दिने बताउनु भयो ।
उहाँले महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०८० मंसिर ५ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी गर्न लागेको बताउनु भयो । उहाँले मेलामा चीन,अमेरिका, इजिप्ट लगायत दक्षिण एशिया क्षेत्रका प्रकाशक,उत्पादक तथा वितरकहरुको सहभागिता हुने बताउनु भयो । उहाँले प्रदर्शनीमा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेशनलाई निमन्त्रणा गरिएको पनि बताउनु भयो। उहाँले नेपालमा पुस्तक व्यवसाय आत्मनिर्भर बनेको बताउनु भयो । उहाँले प्रदर्शनीमा देश तथा विदेशी उत्पादनहरु गरी १८० भन्दा बढी स्टल रहने बताउनु भयो ।
महासंघले २०६४ सालदेखि वार्षिक रुपमा वृहत पुस्तक प्रदर्शनीहरु तथा शैक्षिक महोत्सवहरु गर्दै आएको छ ।