बाँसघारीमा ललाई फकाई किशोरीमाथि जबरजस्ती | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८१, शुक्रबार

बाँसघारीमा ललाई फकाई किशोरीमाथि जबरजस्ती

rape

मोरङ,२८ साउन । जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन् । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका–५ बस्ने २३ वर्षीय युवराज महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);