अनवर–उल–हक काकर पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री बने | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

अनवर–उल–हक काकर पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री बने

काठमाडौं,२८ साउन । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ ।

शनिवार राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्ति गर्नुभएको हो । राष्ट्रपतिले पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम उक्त स्वीकृति दिनुभएको हो । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णय गरेपछि विपक्षी दलसमेतको सहमतिमा अनवर कार्यवाहक प्रधानमन्त्री बन्नुभएको छ। कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निःवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिवार छलफल भएको थियो ।

सोही छलफलपछि अनवरको नाममा सहमति जुटेको हो । ककर मार्च २०१८ देखि पाकिस्तानको सिनेटको सदस्य हुनुहुन्छ । उहाँ सन् २०१८ को पाकिस्तानी सिनेटको चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको संसदमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);