हालसम्मकै ठूलो परिणाममा बरामद भएको सुन जोख्न आलटाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

हालसम्मकै ठूलो परिणाममा बरामद भएको सुन जोख्न आलटाल

काठमाडौं । साउन २ गते राजश्व अनुसन्धान विभागले सिनामंगलबाट समातेको ठुलो परिमाणको सुन जोख्न आलटाल भएको छ ।

क्याथे प्यासिफिकको कार्गोमार्फत हङकङबाट ब्रेक प्याडमा लुकाएर ल्याइएको एक क्विन्टल सुन समातेको दाबी गरे पनि अहिलेसम्म परिमाण टुङ्गो लाग्न सकेको छैन । विभागले अनुसन्धानका नाममा लामो समयसम्म सुन गाल्ने र जोख्ने प्रक्रिया अघि बढाउन अनुमति नदिँदा परिमाण यकिन गर्ने क्रममा आलटाल भएको हो ।

सुन कति परिमाणको छ भन्ने तथ्याङ्क अहिलेसम्म छैन । सुन समातेको सूचना बाहिरिएपछि साउन ४ गते नै नेपाल राष्ट्र बैङ्कको टक्सार महाशाखामा पु¥याइएको थियो । तर, महाशाखामा पुग्नसाथ सुन गाल्ने र परिमाण यकिन गर्ने प्रक्रिया अघि बढ्न सकेन ।

महाशाखाले सुन समात्ने निकायले पत्र नलेखेसम्म सुन गाल्ने र परिमाण तय गर्ने प्रक्रिया अघि बढाउन नसकिने बताएको छ । सुन जोख्ने प्रक्रिया अघि बढाउन पत्र आएको दुई दिनसम्म गाल्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि, सुनको परिमाण कति छ भनेर जोख्ने काम हुने महाशाखाले जनाएको छ । यो सबै प्रक्रिया पूरा गर्न एक सातासम्मको समय लाग्न सक्छ । तर, सुन समात्ने निकायले २३ दिनसम्म पनि प्रक्रिया अघि बढाउनका लागि भन्दै महाशाखालाई पत्र लेख्न सकेको छैन ।

अनुसन्धानको क्रममा रहेकाले सुन जोख्ने प्रक्रिया अघि बढ्न नसकेको राजश्व अनुसन्धान विभागले जवाफ दिँदै आएको छ । सीआईबीलाई अनुसन्धानको जिम्मा दिएकाले सुन जोख्नका लागि अब उसैले पत्र लेख्ने राजश्व अनुसन्धान विभागको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);