स्वेच्छिक अवकाशका लागि निवेदन माग | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

स्वेच्छिक अवकाशका लागि निवेदन माग

अवकाश रोज्नेले सात वर्षको निवृत्तिभरण एकमुष्ट पाउने

काठमाडौं, २९ पुस । सरकारले कर्मचारीहरुलाई स्वेच्छिक अवकाशका लागि निवेदन दिन ४५ दिनको समय दिएको छ । सरकारले संघीय व्यवस्था लागू भएसँगै संघ, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई अवकाशका लागि निवेदन दिन ४५ दिनको समय दिएको हो ।

निजामति सेवा, स्वास्थ्य सेवा र संसद् सेवामा कार्यरत ५० वर्ष उमेर पुगेका र निवृत्तिभरण पाउने अवस्था भएका कर्मचारीले अवकाश लिन पाउनेछन् । निवेदन बुझाउने कर्मचारी अवकाशको प्रक्रियाबाट फिर्ता हुन पाउने छैनन् । स्वच्छिक अवकाश लिने कर्मचारीले सात वर्षको निवृत्तिभरण एकमुष्ट पाउनेछन् ।

निलम्बनमा परेका, विभागीय कारबाहीको प्रक्रियामा रहेका र अध्ययन विदामा रहेका कर्मचारीले भने निवेदन दिन पाउने छैनन् । शुक्रबारको मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकाश सम्बन्धी प्रस्ताव स्वीकृत गरेपछि सामान्य प्रशासन मन्त्रालयले निवेदन दिन शुक्रबार नै राजपत्रमा सूचना प्रकाशन गरेको हो । सरकारले स्वेच्छिक अवकाशमा ५० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);