प्रचण्डप्रति सुवाष नेम्वाङको कटाक्षः एमालेले शर्तबन्दी गर्दैन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

प्रचण्डप्रति सुवाष नेम्वाङको कटाक्षः एमालेले शर्तबन्दी गर्दैन

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तन गर्नका लागि पार्टीले कुनै शर्तबन्दी नगर्ने बताउनुभएको छ ।

बिहीवार २९ औँ विश्व आदिवासी दिवसको अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले कोशी प्रदेशको नाम परिवर्तनमा एमालेको कुनै शर्तबन्दी नहुने बताउनुभएको हो ।

बुधवार प्रधानमन्त्री पुष्ककमल दाहालले आदिवासी जनजातिको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोशी प्रदेशको नाम परिवर्तन्का लागि २०८४ सालमा निर्वाचन जिताए पहिचानको आधारमा प्रदेशको नामकारण गर्ने उद्घोष गर्नुभएको थियो । प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर कोही प्रदेशको नाम परिवर्तनका लागि एमालेले शर्तबन्दी नगर्ने बताउनुभएको हो । उहाँले एमाले देशको विविध जाति, भाषा, धर्म र संस्कृतिका जनताका हीतमा सधैँभरी दृढतापूर्वक उभिने बताउनु भयो ।

उहाँले एमालेको नेतृत्वमा देशमा धर्म निरपेक्षता घोषणा भएको र आइएलओ महासन्धिपनि आफूहरुकै नेतृत्वमा नेपालमा अनुमोदन भएको उल्लेख गर्नुभयो । उहाँले आफूहरुकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समावेशितासहितको समाजवादउन्मुख संविधान जारी भएको भन्दै यसबाट पनि एमाले आदिवासी जनताको पक्षमा रहेको स्पष्ट हुने बताउनु भयो ।

उहाँले राज्यको तर्फबाट फूलपाति र शिवरात्री पर्व मनाएजस्तै अन्य धर्मावलम्वीहरुले मनाउने चाडपर्वहरुलाई पनि राष्ट्रिय चाडपर्वको रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यसको निम्ति एमालेले पहल र नेतृत्व लिनुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);