स्वदेशमा रोजगारीको माग गर्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्वदेशमा रोजगारीको माग गर्दै प्रदर्शन

काठमाडौं, २९ पुस । सरकारले स्वदेशमा रोजगारीको ग्यारेन्टी गरि वैदेशिक रोजगारको अन्त्य गर्नु पर्ने माग राख्दै राष्ट्रबादी केन्द्रले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

‘स्वदेशमै काम गरेर खान दे’ मूल नारा सहित नेपालको राष्ट्रिय झन्डा सहित सयौँ युवाले प्रदर्शन गरेका थिए । आयोजक राष्ट्रवादी केन्द्रले सरकारको कामले बैदेशिक हस्तक्षेप बढाएको र सनातन धर्म संस्कृतिको रक्षाको लागि युवा आफै जुट्नुपर्ने भन्दै सडकमा आएको बताएको छ।

वेरोजगारी अन्त्य गर्दै नेपालमा नै बसेर काम गर्ने वातावरण नबनुन्जेल आफुहरु संघर्ष गरिरहने केन्द्रका अध्यक्ष चन्द्र बहादुर थापाले बताए । देशको भविष्य मलेशिया कतारको श्रममा नभएर देश भित्र नै रहेको संदेश दिन पनि प्रदर्शन गरिएको उनको भनाई छ ।

आत्मनिर्भर अर्थतन्त्र, राष्ट्रवादीहरुको हातमा राज्यसत्ता, बेरोजगार वर्गहरुको मुक्ति, जनजिविका समस्याको समाधान नभए सम्म आन्दोलन जारि रहने  अध्यक्ष थापाले बताए । स्वेदशमै काम गरेर खान दिन माग गर्दै भृकुटीमण्डपबाट निस्केको जुलुस बसन्तपुर डबलीमा गएर सम्पन्न भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);