नेविसंघको असन्तृष्ट पक्षले देउवाको घर किन घेर्दैछ ! | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

नेविसंघको असन्तृष्ट पक्षले देउवाको घर किन घेर्दैछ !

काठमाडौँ, २५ साउन । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा असन्तुष्ट पक्षले सभापति शेरबहादुर देउवाको निवास घेर्ने तयारी गरेको छ ।

देउवाले ७ सय १० जनाको जम्बो टोली मनोनयन गर्दा सक्रिय कार्यकर्ता नपरेको भन्दै असन्तृष्ट समुहले बुधबार पनि सानेपास्थित केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेको थियो । तर, उनीहरुलाई केन्द्रीय कार्यालय जान नदिएपछि आज देउवा निवास घेर्न लागेका हुन् । उनीहरुले हिजो समानान्तर केन्द्रीय कार्यसमिति घोषणा गर्ने तयारी गरेका थिए ।

देउवाले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्य थप गरेपछि समानान्तर केन्द्रीय कार्यसमिति घोषणा गर्न लागेको नेविसंघ नेता योगेन्द्र रावलको भनाइ छ ।

सभापति देउवाले गत २०७८ चैत ९ गते नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए । त्यसको १६ महिनापछि केन्द्रीय समितिमा ७ सय १० जनालाई देउवाले नै मनोनयन गरे । सोही कारण नेविसंघमा विवाद उत्कर्षमा पुगेको छ ।

केन्द्रीय समितिमा छुटेका विद्यार्थी नेताहरूले सभापतिले ७१० जनालाई अवैधानिक रूपमा मनोनयन गरेको भन्दै विरोध सुरु भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);