टेलिफोनमार्फत किशोरी जिस्काउँदा एक किशोरले ज्यान गुमाए | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

टेलिफोनमार्फत किशोरी जिस्काउँदा एक किशोरले ज्यान गुमाए

पर्सा,२४ साउन ।  १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका–४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अंसारीको मृत्यु भएको हो ।
उक्त कुटपिट तथा झै–झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अंसारी र ४५ वर्षीय वकिल महमद अंसारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त विषयमा वकिल महमद अंसारी र अली महमद अंसारीबीच शनिबार राति झै–झगडा तथा कुटपिट भएको अवस्थामा अबतुल्लाह मिया अंसारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगंज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);