टर्की सरकारद्वारा एकै पटक चार हजार कर्मचारी निलम्वन | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

टर्की सरकारद्वारा एकै पटक चार हजार कर्मचारी निलम्वन

टर्की सरकारद्वारा एकै पटक चार हजार सरकारी अधिकारीलाई बर्खास्त, गत वर्ष भएको सैन्य कुमा साथ दिएको आरोप

टर्की सरकारद्वारा एकै पटक चार हजार कर्मचारी निलम्वन

कठमाडौं । टर्की सरकारले झण्डै चार हजार सरकारी अधिकारीलाई बर्खास्त गरेको छ ।

गएको वर्षको जुलाईमा भएको असफल सैन्य कुको प्रयासपछि पछिल्लो पटक झण्डै चार हजार सरकारी कर्मचारीलाई टर्कीले बर्खास्त गरेको बिबिसीले जनाएको छ ।

ती सबैलाई गएको जुलाईमा भएको असफल सैन्य कुको प्रयासमा साथ दिएको आरोप छ ।

बर्खास्तमा पर्नेमा न्याय मन्त्रालय अन्तर्गत कार्यरत एक हजार तथा एक हजार सैनिक अधिकारी रहेका छन् । यस्तै लडाकु विमानका एक सय भन्दा धेरै पाइलट पनि बर्खास्त भएका छन् ।

टर्की सरकारले टिभी डेटिङ शोमाथि पनि प्रतिबन्ध लगाएको छ । यसैगरी अनलाई इनसाइक्लोपेडिया विकिपेडीयामाथि पनि टर्कीमा प्रतिबन्ध लागेको छ ।

 

Leave a Reply