प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठविरुद्ध उजुरी आह्वान | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

प्रधानन्यायाधीशमा सिफारिस भएका श्रेष्ठविरुद्ध उजुरी आह्वान

काठमाडौं, २४ साउन । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै समितिले श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको हो ।

श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त नलागेमा कसैले सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले आग्रह गरेको छ । उजुरीका लागि सचिवालयको ठेगानामा पत्राचार वा सोझै सिंहदरबारस्थित सचिवालयको कार्यालय पुगेर सूचना दिन सक्नेछन् । त्यस्ता सूचना दिनेको नाम,थर,वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने र नाम खुलाउन नचाहेमा सूचना दाताको नाम गोप्य राखिने समितिले जनाएको छ ।

मंगलबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उहाँमाथि संसदीय सुनवाई प्रक्रिया सुरु भएको हो । गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । सिफारिसमाथिको सुनुवाई प्रक्रियाका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले जानकारी दिनु भयो ।

हरिकृष्ण कार्की उमेरहदका कारण गत साउन २० गते नै प्रधानन्यायाधीशबाट अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तीका लागि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाई प्रक्रिया सुरु भएको हो । संसदीय सुनुवाई समितिबाट उहाँको नाम अनुमोदन भए राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);