आदिवासी जनजातिको माग सम्बोधन गर्न नेपाली काँग्रेसले सक्दो प्रयास गर्छः देउवा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

आदिवासी जनजातिको माग सम्बोधन गर्न नेपाली काँग्रेसले सक्दो प्रयास गर्छः देउवा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारसँग आदिवासी, जनजातिहरुको माग सम्बोधन गराउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

सभापति देउवाले नेपाललाई सबै समुदायको समानुपातिक समावेशी देशको रुपमा विकास गर्न प्रयत्न गर्ने आश्वासन समेत दिनु भयो । विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली काँग्रेसलाई सबै जाति, जनजातिको पार्टी हुनेगरी समानुपातिक प्रतिनिधित्व गराउने बताउनु भयो । आदिवासी जनजातिहरुको भाषा, कला र संस्कृतिलाई हेरेपछि नेपालमा के छैन ? भन्ने अनुभूति आफूलाई हुने गरेको उल्लेख गर्दै उहाँले उनीहरुलाई साथ दिन आफूहरु सदैव लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । सभापति देउवाले भन्नु भयो, ‘यो सबैको देश हो, नेपाली काँग्रेस सबैको पार्टी हो । पार्टी हो भन्ने हामीले स्थापित गर्नुछ । यसमा सुधार गर्नुछ । अहिले मैले भनिसके–भाईबहिनीहरुको अत्यन्तै सुन्दर गीत, नृत्य हेरेपछि नेपाल सच्चा मानेमा नेपालमा के छैन जस्तो लागेको छ मलाई । यिनै काममा हामी सबै लागौं । मेरो पार्टीबाट यसमा पूरापूरा सहयोग हुने विश्वास दिलाउँदै भोलीदेखि तपाईहरुको यो आदिवासी जनजाति दिवस हुँदैछ । यसको अवसरमा सम्पूर्ण आदिवासी, जनजातिलाई हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

त्यस अवसरमा सभापति देउवाले आदिवासी, जनजाति समुदायलाई विश्व जनजाति दिवसको शुभकामना पनि व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);