जनता माथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्नः डा.चन्द्रकान्त राउत | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

जनता माथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्नः डा.चन्द्रकान्त राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताउनु भएको छ ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले यस्तो बताउनु भएको हो । उहाँले विद्युत उत्पादक व्यवसायीहरुसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरु बनाउन दिन नहुने बताउनु भयो । उहाँले सरकारले जनतालाई पेलेर जलविद्युत परियोजनाहरु निजी क्षेत्रलाई दिए सांसदहरुले नै अवरोध गर्ने बताउनु भयो। उहाँले कुनै पनि विकास जनताको लागि गर्ने भएकाले जनताको पक्षमा हुनु पर्ने उल्लेख गर्नु भयो ।

उहाँले विकास जनता र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरु आउनु नहुने बताउनु भयो । उहाँले परियोजनाहरुको वातावरण परिक्षण मूल्यांकन गर्दा इमान्दारि पूर्वक गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले कुनै मन्त्रिले वा अन्य कसैलाई लाभ दिएर परियोजना पास भए देशको लागि चुनौती हुने बताउनु भयो । उहाँले कुनै पनि परियोजना बनाएर ३० वर्ष पूरा भएर सरकारलाई बुझाएको अनुभव नभएको । सांसद राउतले निजी क्षेत्रले लाभको लागि लगानी गर्ने भएकाले विद्युत उत्पादनको लागि संकटकाल लगाउन आवश्यक नभएको बताउनु भयो । उहाँले निजी क्षेत्रको लाभको लागि मन्त्रालयहरुले सबै ऐन कानूनहरु खारेज गरेर संकट काल लगाउन तत्काल कुनै जरुरी नभएको बताउनु भयो । उहाँले अनावश्यक रुपमा संकटकाल लगाएरै ऐन कानूनहरु उलङघन गरेर जनता माथि डोजर चलाएर परियोजना पास गर्ने रणनीतिमा निजी क्षेत्र नलाग्न आग्रह गर्नु भयो।

उहाँले व्यावसायीले चाहँदैमा सबै कुरा राज्यले दिन नहुने बताउनु भयो । उहाँले जनता केही पनि हैन भन्ने भावनाले व्यवसायी लाग्नु नहुने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);