काठमाडौं । सुन तस्करी छानविनका लागि उच्चस्तरीय समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सो सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न तयार भएको छ ।
मंगलबार बिहान बसेको प्रमुख तीन दलको तेस्रो चरणको बैठकमा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको सुन तस्करी सम्बन्धि जवाफ सुन्न तयार भएसँगै आज प्रतिनिधिसभा बैठक पनि सूचारु हुने भएको छ । यद्दपी हालसम्म संसद बैठक सुरु हुन सकेको छैन् । बैठकमा गृहमन्त्रीलाई सो सम्बन्धि जवाफ दिन र सांसदहरुले पनि आ–आफना निर्वाचन क्षेत्रका समस्या राख्नका लागि आजको बैठक सूचारु गराउन आफूहरु तयार भएको एमालेका सचेतक महेश बर्ताैलाले जानकारी दिनु भयो ।
उहाँले गृहमन्त्रीको जवाफमा सो तस्करी छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउने प्रतिवद्धता नआए आफूहरुले संसदमा फेरी कुरा उठाउने पनि स्पष्ट पार्नु भयो । सचेतक बर्तौलाले एमालेले सो तस्करी छानविनका लागि उच्चस्तरीय समिति बनाउने आफ्नो पार्टीको अडान सरकारलाई नै सहयोग गर्न भएकाले नछाडने अडान समेत राख्नु भयो ।
यता, सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने सो तस्करीबारे सिआईवीको अनुसन्धानको निष्कर्ष पर्खने र त्यसले पनि अनुसन्धानलाई निष्कर्षमा नपु¥याए अरु संयन्त्र बनाउने विषयमा प्रधानमन्त्री पनि सहमत हुनु भएको जानकारी दिनु भयो ।
बैठकमा एमालेले भने सरकारले आफ्नो पार्टीलाई गलाउने र प्रतिपक्षबीचनै फाटो ल्याउने नीति लिएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो ।