काठमाडौं, २३ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षमा रहेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललगायतले अदालतमा निवेदन दर्ता गरेका छन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ७३ बमोजिम बेरितको थुनछेक बदर गरी उपयुक्त आदेश गरिपाऊ भन्दै रिजालसमेतले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका हुन् ।
यसअघि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण, एमालेका नेता टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित गत साता नै उच्च अदालत पुगेका थिए ।