काठमाडौं, २३ साउन । संसदको गतिरोेध हटाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित आज पनि प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुने भएको छ ।
बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख घिमिरेसहित नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल हुने भएको हो । सोमबार २ चरणमा छलफल गर्दा पनि सहमति ननिस्किएपछि बैठक पुनः बस्न लागेको हो ।
छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुने जनाइएको छ ।
साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गर्दै आएको छ ।




