सांसदहरुलाई आफ्नो भुमिकामा वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

सांसदहरुलाई आफ्नो भुमिकामा वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरुलाई संसदभित्र आ–आफ्नो भुमिकालाई वृद्धि गर्न निर्देशन दिनुभएको हो । उहाँले अवरुद्ध संसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरुसँग छलफल गर्ने पनि बताउनुभएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरुलाई सुशासन, समृद्धि र सामाजिक न्याय सहितको रुपान्तरणका लागि संसदमा माओवादी केन्द्रको भुमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेको जानकारी गराउनुभयो । दाहालले सभामुखसँग दलको शिर्ष नेताहरुको बैठकपछिको विकसित घटनाक्रमहरुको बारेमा सांसदहरुलाई आवश्यक जानकारी गराइने पनि बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘हाम्रो पार्टीको केन्द्रीय समिति बैठकले लिएको निर्णयहरु व्यवहारमा कार्यान्वयन गर्नका लागि, सदन सुचारु गर्नका लागि, सत्ता पक्षको मात्र होइन समग्र नेपाली जनताको भावनाहरुलाई पनि समेटेर, सुशासन, समृद्धि र सामाजिक न्यायसहितको रुपान्तरणका साथ अगाडी बढ्नका लागि हाम्रो संघीय संसदको भुमिकालाई अझ वृद्धि गर्नका लागि निर्देशित गर्नुभयो । त्यसका साथै समिति सभापतिहरु हामीले छिट्टै निर्वाचन गर्नुपर्ने छ । त्यसका बारेमा पनि कुरा गर्नुपर्ने छ । संसद सञ्चालन गर्नका लागि, सभापति लगायतका अरु विषयका लागि प्रमुख प्रतिपक्षी दलका नेताहरु लगायत अन्य मुख्य मुख्य दलका नेताहरुसँग, सँगसँगै सत्तापक्षका अरु नेताहरुसँग पनि छलफल गरेर ठोस निचोड निकालिन्छ । आज नै सभामुखले शिर्ष नेताहरुसँग छलफल बोलाउनु भएको छ । त्यो छलफलपछि आवश्यक निर्देशनहरु जानकारी गराउनेछौँ भनेर उहाँले निर्देशित गराउनुभएको छ ।’

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा बताउनुभएको पाण्डेले उल्लेख गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);