छानबिन भए पुर्णरुपमा सहयोग गर्छु : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

छानबिन भए पुर्णरुपमा सहयोग गर्छु : बाबुराम भट्टराई

काठमाडौं, २२ साउन । ललितानिवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रीपरिषद लगायत सबै तहबाट भएका निर्णयहरू गर्ने माथि अनुसन्धान गर्न सर्वोच्च अदालतले निर्देशन दिएसँगै डा.बाबुराम भट्टराईले छानबिनका लागि पुर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले लेखेका छन्,“ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशन अनुरूप छानवीन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ।”

सो प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा.कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो । सो आदेशसँगै सो प्रकरणमा पूर्वप्रधानमन्त्री द्धय माधव कुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न बाटो खुलेको छ ।

भट्टराईले लेखेका छन्,“निष्पक्ष छानवीन गरेर कानूनविपरित, राज्यलाई नोक्सान हुने,निजी लाभ लिने ढंगले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कार्वाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ।”

उनले आफ्नो कार्यकालमा भएको सबै निर्णयहरुको निष्पक्ष छानबिन गर्न समेत सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । “अतः मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानवीन गर्न र आवश्यक कार्वाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ ।”–उनले लेखेका छन् ।

 

Leave a Reply

ताजा समाचार