दार्चुलाका अधिकांश सडकहरु पहिरोका कारण अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

दार्चुलाका अधिकांश सडकहरु पहिरोका कारण अवरुद्ध

बासुदेव बडु । दार्चुलाका अधिकांश सडकहरु पहिरोका कारण अवरुद्ध भएका छन्।

दार्चुला तिंकर सडक दुहुं गा पा ३ को तिमुरपाटा र दुहुँ ५ को गरमोरा ,व्याँस गा पा ६ को तङलेभिर मा पहिरोका कारण अवरुद्ध भएको छ। त्यसैगरी खलंगा दल्लेख देथला सडक को खलंगा दल्लेख खण्ड र गोकुलेश्वर लटिनाथ पारिबगड सडक मार्मा गा पा को नलबगड मा पहिरोका कारण अवरुद्ध भएको छ। त्यसैगरी खलंगा जोलजिबि झुलाघाट सडक ठाउँ ठाउँमा पहिरो का कारण अवरुद्ध भएको हो।

स्थानीय सरकारको क्षेत्राधिकार भित्रका सडक हरु स्थानीय सरकारले नै सञ्चालन गर्न सहजिकरण का लागि दार्चुला तिंकर सडक आयोजना ले सम्बन्धित गा पा हरुलाई पत्राचार गरेको छ।

दार्चुला तिंकर सडक, दार्चुला दल्लेख देथला सडक, गोकुलेश्वर लटिनाथ पारिबगड सडक, दार्चुला जोलजिबि झुलाघाट सडक निर्माणाधिन कच्ची सडक हुन।

स्थानीय तहका जनप्रतिनिधि हरुले सम्बन्धित सडक योजना कार्यालय, जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायहरुलाई अवरुद्ध सडक सञ्चालनमा ल्याइदिन अनुरोध गरेपनि अहिले सम्म अवरुद्ध सडक खुलाउने काम हुन सकेको छैन। FilePhoto

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);