सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न सक्दैनः सांसद श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न सक्दैनः सांसद श्रेष्ठ

काठमाडौं । नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन सिआइबिले गर्न नसक्ने बताउनुभएको छ ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले सुन तस्करी प्रकरणको छानविन सिआइबिले गर्न नसक्ने बताउनुभएको हो । उहाँले सो प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताउनु भयो । सुन तस्करी प्रकरणलाई सरकारले खेलाची गरिरहेको उहाँले बताउनु भयो । उहाँले हालसम्म मुख्य मान्छेलाई समात्न नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भयो ।

उहाँले भन्नुभयो – ‘अस्ति राजश्व अनुसन्धानले चेक गरेको थियो । अहिले उच्चस्तरीय आयोग गठन गर्नु भनेर हामी माग गरिरहेका छौँ । किन गरिरहेका छौँ त्यसको कारण छ नि । एउटा राजस्वको उपसचिवले अर्थमन्त्रीलाई झिकाउन सक्छ ? गृहमन्त्रीलाई सिआईबिले झिकाउन सक्छ ? राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह छ । क्विन्टलका क्विन्टल सुन आएको छ । रेकर्डले बताइरहेको छ । रेकर्ड छ । प्रमाण छ । ३२ चोटी आएकोमा २२ चोटी भनेको छ । यसमा त राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह लागेको छ । हङकङ, चाइना लगायतको देखिइरहेको छ रेकर्डबाट । अनि त्यसलाई खेलाची गरेर मजाक बनाइँदैछ । त्यसकारणले यस विषयले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रिइरहेको छ । सिआइबिले समाधान दिँदैन । त्यो सम्भव नै छैन । त्यसकारणले अविलम्व उच्चस्तरीय आयोग गठनको विकल्प छैन ।’

उहाँले सरकारले प्रचारबाजी मात्रै गरिरहेको उल्लेख गर्दै प्रचारबाजी बन्द गरेर सबै प्रकरणहरुको ठिक ढंगले छानबिन गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);