नाम जोडिएका माओवादीका नेतामाथि अनुसन्धान गर्न प्रधानमन्त्रीलाई प्रदीप पौडेलको चुनौति | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

नाम जोडिएका माओवादीका नेतामाथि अनुसन्धान गर्न प्रधानमन्त्रीलाई प्रदीप पौडेलको चुनौति

काठमाडौं, २९ साउन । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताउनुभएको छ । आईतवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले पार्टीको संसदीय दलको बैठकमा पनि आफूले उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने धारणा राखेको बताउनु भयो । उहाँले सुन तस्करी प्रकरणको मात्रै नभइ अन्य चर्चित घटनाहरुको पनि छानबिन हुनुपर्ने बताउनु भयो । सांसद पौडेलले विमानस्थलको सुरक्षा संयन्त्र र अध्यागमन प्रशासनको सेटिङ बिना सुन नेपाल छिर्न नसक्ने भन्दै छानबिनमा ढिलाइ भइरहेको बताउनु भयो । उहाँले छानबिनमा उत्साह नदेखाएका कारण राजनीतिक नेतृत्वमाथि शंका गर्नुपर्ने स्थिति बनेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो–‘यो सियो आएको होइन । एक क्विन्टल सुन आएको हो । अध्यागमन प्रशासन नमिलाइकन त्यो सुन नेपालभित्र छिर्नै सक्दैन । एयरपोर्टमा भएको सुरक्षा संयन्त्रलाई नमिलाएसम्म त्यो नेपालभित्र छिर्न सक्दैन । त्यसैले अब राजनीतिक नेतृत्वको संलग्नता छ, छैन योभन्दा अगाडी भन्न सकिदैनथ्यो । तर अब छानविनमा धेरै उत्साह नदेखाएको कारणले राजनीतिक नेतृत्वमाथि पनि शंका गर्नुपर्ने स्थिति बनेको छ । आज तिनहप्ता भइसक्यो । भरिया मात्रै समातेको छ । भारी बोकाउनेलाई किन समातिएन आजसम्म ? त्यसैले यदि सिआइबिले प्रभावकारिता देखाउन नसक्ने हो भने विकल्प खोज्नुप¥यो नि त । भारी बोकाउने हो हुन् ? आजसम्म एकजना पनि किन समातिदैन ? त्यसकारण यो गम्भिर विषय हो । हङकङ सरकारलाई पत्र लेख्नुपर्छ । हाम्रो नेता शेखर कोईरालाले भन्नुभयो । त्यो काम किन गरिदैन ? बाह्य नेक्ससहरु जे हुन् त्यो नेक्ससहरुसँग यसको बारेमा के हो ? कसरी भयो भन्ने बारेमा सोधखोज किन गर्दैन ? यसलाई जुन ढंगबाट छानबिन गर्नुपर्ने हो, जुन रफ्तारमा हुनुपर्ने हो, बोकाउनेहरु को–को हुन् त्यसलाई खोज्ने सन्दर्भमा किन आजसम्म उपलब्धि भएन ? अनि एउटा पत्रिकाले कसको कति पटक टेलिफोन संवाद भयो भन्ने थाहा पाउन सक्छ । राज्यले थाहा पाउन सक्दैन ?मैले त यसको मात्रै होइन चर्चित सबै घटनाहरुको छानबिन हुनुपर्छ । काँग्रेसको संसदीय दलको बैठकले आजसम्मका जतिपनि चर्चित घटनाहरु छन्, ति सबै घटनाहरुको छानविन गर्नका निम्ति उच्च स्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्छ । यदी त्यो निर्णय हामीले गरिसकेपछि सरकारले मानेन, प्रधानमन्त्रीले मान्नुभएन भने यो सरकारप्रतिको समर्थन हामीले फिर्ता लिनुपर्छ ।’

उहाँले कांग्रेस संसदीय दलको बैठकले उच्चस्तरीय संयन्त्र बनाउने निर्णय गर्नुपर्ने र सो निर्णय प्रधानमन्त्रीले नमानेमा सरकारलाई काँग्रेसले दिएको समर्थन फिर्ता लिनुपर्ने बताउनु भयो । सांसद पौडेलले प्रधानमन्त्री दाहालले आफ्नो पार्टीसँग नाम जोडिएका सांसदहरुमाथि अनुसन्धान नगर्ने कुराले थप शंका उब्जिएको बताउनु भयो । प्रधानमन्त्री दाहालले भ्रष्टाचारबिरुद्ध अभियान चलाएका छाँै साथ दिनुस् भन्ने तर आफ्नै पार्टीसँग जोडिएका नेताहरुको नाम आउँदा अनुसन्धान नगर्ने कुराले जनताले विश्वास गुमाएको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले आफ्ना बाहेकका पार्टीका नेताहरुमाथि मात्रै अनुसन्धानको प्रक्रिया अघि बढाएको जस्तो देखिएको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);