विवादका बीच अक्षय कुमारको 'ओएमजी–२' को ट्रेलर रिलिज (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

विवादका बीच अक्षय कुमारको ‘ओएमजी–२’ को ट्रेलर रिलिज (भिडियोसहित)

एजेन्सी, १८ साउन । बलिउड स्टार अक्षय कुमार अभिनित फिल्म ‘ओएमजी–२’ को ट्रेलर विवादका बीच सार्वजनिक भएको छ ।

फिल्ममा उनको बच्चाले आत्महत्या गरेको देखाइएको छ । उसलाई स्कुलमा लाज लाग्छ, बच्चाले यो लाज सहन सक्दैन र रेल ट्र्याकमा उभिन्छ। पंकज त्रिपाठीको चरित्रले आफ्नो बच्चालाई न्याय पाउन अदालतको ढोका ढकढक्याउँछ। फिल्ममा पंकज त्रिपाठीको भूमिकाको नाम कान्ति शरण मुद्गल हो ।

पंकज त्रिपाठीको चरित्रले भगवान शिवको ढोकामा छोरालाई न्याय पाउने कुरा गर्छ। यसैबीच अक्षय कुमारको एन्ट्री हुन्छ । ट्रेलरबाट बुझिएअनुसार अक्षय यस पटक शिवको अवतारमा देखिएका छन् । उनको पहिरन भगवान शंकरको जस्तो देखाइएको छ । तर, पूरै ट्रेलरमा कतै पनि उनलाई शिवको अवतार भनिएको छैन । उनको भूमिका भगवान शिवको अवतारबाट मात्र प्रभावित भएको देखिन्छ। उनको चरित्रलाई लिएर सेन्सर बोर्डले आपत्ति जनाएको थियो ।

‘ओएमजी २’ सन्नी देओलको ‘गदर २’सँग ११ अगस्टमा भिड्ने थियो । तर, फिल्मको भविष्य के हो भन्ने तय हुन बाँकी छ । फिल्ममा यामी गौतमको पनि महत्वपूर्ण भूमिका छ । ट्रेलरमा उनी वकिलको भूमिकामा देखिएका छन् । ट्रेलर हेरेर फिल्ममा यामीको नेगेटिभ शेड रहेको अनुमान गर्न सकिन्छ । उनी पंकज त्रिपाठीविरुद्ध मुद्दा लडेकी छिन् ।

वातावरणलाई हलुका बनाउन अदालतमा केही कमेडी पनि देखाइएको छ । पंकज त्रिपाठी र न्यायाधीशबीचको संवाद सुनेर हाँस्न सकिन्छ । फिल्ममा रामानन्द सागरको ‘राम’ अरुण गोविलको पनि महत्वपूर्ण भूमिका छ ।

हेर्नुहोस् टेलर

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);