रूसी वैज्ञानिकहरुले फलाए अन्टार्कटिकामा तरबुजा | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

रूसी वैज्ञानिकहरुले फलाए अन्टार्कटिकामा तरबुजा

काठमाडौं, १८ साउन । रूसी अनुसन्धान कर्ताहरूले अन्टार्कटिकाको भोस्टोक स्टेशनमा आठ वटा तरबुजा फलाउन सफल भएका छन् ।

उनीहरुले तरबुज उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन् । रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई) अनुसार यी पाकेका तरबुजाको रातो र पहेँलो गुदी हुन्छ । तरबुजाको प्रत्येकको तौल लगभग १ किलोग्राम रहेको वैज्ञानिकहरुले बताएका छन् ।

अन्वेषकहरूका अनुसार भोस्टोक स्टेशनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरु उब्जाउने अपेक्षा राखेको छ । वैज्ञानिकहरूले पनि ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने प्रयास गर्ने बताएका छन् । रिपोर्टका अनुसार, वैज्ञानिकहरूले भोस्टोक स्टेशनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि तरकारी रोप्दै आएका छन् र ८० भन्दा बढी प्रकारका तरकारीहरू उब्जाइसकेको पनि बताएका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);