लाखौको तरबुजा बारीमै कुहियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लाखौको तरबुजा बारीमै कुहियो

कपिलवस्तु, ९ जेठ । कपिलवस्तुमा भारतीय तरबुजाले बजार पाएपनि स्थानीय कृषकहरुको तरबुजा बजार पाएको छैन । उत्पादित तरबुजाले बजार नपाउँदा कृषकको दैकिकी चुल्हो बल्न गाह्रो भएको छ उत्पादित तरबुज खेतबारी मै कुहिन थालेपनि खरिद गरिदिने कोही छैन । जिविकोपार्जनका लागि मुख्य आम्दानीको स्रोत तरबुजा खेति भएपनि बजार पुराउन नसक्दा कृषकको दैनिकी चलाउन गाह्रो भएको छ ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिका–१० का कृषकले लगाएको तरबुजाले बजार पाउन सकेको छैन । भारतबाट निधर्वाद रुपमा तरबुजा आयात भइरहेको छ । तर, कपिलवस्तुका कृषक तरबुजा बारीमा सडाउन बाध्य छन् । तरबुजा बजार पुराउन स्थानीय सरकारले सहजीकरण गर्नपर्ने हो,तर स्थानीय सरकार कृषकको तरबुजा बारे बेखबर छन् ।

कृषकको तरबुजाले बजार नपाउदा कृषकहरुको उत्पादित तरबुजा खेतबारीमै सड्न थालेको छ । तरबुजा बिक्री नभएपछि वर्ष भरीको जोहो कसरी गर्ने भन्ने कृषकलाई चिन्ता छ । बगरे तरबुजा खेतिका लागि भन्दै लगानी धेरै लगाए पनि उत्पादित तरबुजाले बजार पाएन । हजारौँ टन तरबुजा बारी मै कुहिन थालेको छ ।

कृषकले लगानी समेत उठाउन नसक्ने भएको छ । कृषिका लागि सरकाले दर्जनौ ठेलीको चाङ लगाउदा वास्तविक कृषक आफ्नो उत्पादन खेर गएको छ । कृषि उपज खेर गइरहदा पनि राज्यले बेवास्ता गरेकोे उनीहरुको दुखेसो छ ।

पहँुचवालाहरुले मात्र राज्यबाट सहयोग पाउने गरेका छन, तर वास्तविक किसान जहिले पनि यस्तै समस्या भोग्न परिरहेको छ । । कृषि सेवा केन्द्रहरु राजनैतिक पहुँच हुनेहरुको पकडमा छन् । सरकारी अड्डामा समेत पहँुच नहुदा थप समस्या भोग्न परेको कृषकको भनाइ छ ।

यो पीडा कपिलवस्तुका कृषकहरुको मात्र होइन, यस्ता समस्या भोग्न धेरै कृषकहरु छन् । यद्यपी राज्यले कृषिका नाउमा वर्षेनी अर्बाै बजेट खर्च गर्ने मात्र होइन, कृषकका नाउमा सेमिनार गोष्ठि गर्ने गर्दछ ।

तर, सरकारी कार्यक्रमले कपिलवस्तुका किसानको खेतबारीमा नपुग्दा कृषक आफ्नो उत्पादित खरबुजा सडाउन बाध्य छन् । यसर्थ आयातलाई निरुत्साहित गर्न र आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्न नसके सरकारको कृषिका नारा फगत कागजी दस्ताबेज मात्रै हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);